काठमाडौं । पछिल्लो पटक अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ भने उनीहरुलाई विशेष चार्टर विमानमार्फत आज नेपाल नेपाल फर्काउन लागेको छ ।
डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आईपुग्ने बताइएको छ ।
उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आए, केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित भएका हुन्।
Comments







