काठमाडौं । भारतको काश्मिरमा आतंकवादी हमालावादी भारत सरकारले सिन्धु जल सम्झौता रोकेको छ । एक पक्षीय रुपमा खारेज गर्न नमिल्ने यो सम्झौता आतंकवादी हमालापछि रोकिएको छ । पाकिस्तानले सीमापार आतंकवादलाई स्थायी रूपमा समर्थन गरेको आरोपमा भारतले यस्तो कदम चालेको हो ।
यो निर्णयसँगै पाकिस्तानलाई निक्कै ठूलो असर पर्ने देखिएको छ । करिब २१ करोड पाकिस्तानी खेती किसान लगायतमा सिन्धु जल प्रणालीमा भर पर्दै आएका छन् । भारतको निर्णयसँगै पाकिस्तानीहरुमा पिउने पानीमा पनि समस्या हुने देखिएको छ ।
सिन्धु जल समझौताबारे जान्नुपर्ने १० मुख्य कुरा यसप्रकार छन्स्
१) सिन्धु जल समझौताको उद्देश्य
भारत र पाकिस्तानबीच सिन्धु नदी र यसको सहायक नदीहरुको पानीको वितरण र उपयोगलाई व्यवस्थित गर्न १९६० मा विश्व बैंकको मध्यस्थतामा गरिएको एक अन्तर्राष्ट्रिय समझौता हो ।
२) सम्झौताको मिति
यो समझौता १९६० सेप्टेम्बर १९ मा कराचीमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयूब खानले हस्ताक्षर गरेका थिए ।
३) सिन्धु नदी प्रणालीका नदिहरू
सिन्धु नदी प्रणालीमा जम्मा ६ वटा नदिहरू छन् ( तीन पूर्वी नदिहरू ९रावी, ब्यास, सतलुज० र तीन पश्चिमी नदिहरू ९सिन्धु, चिनाब, झेलम० ।
४) पानीको वितरण
पूर्वी नदिहरूको पानी भारतलाई अनन्य अधिकारमा दिइएको छ भने पश्चिमी नदिहरूको पानी पाकिस्तानलाई दिइएको छ। भारतले सिन्धु प्रणालीको करिब २०५ पानी मात्र प्रयोग गर्न पाउँछ भने पाकिस्तानलाई ८०५ पानीको अधिकार छ । यस नदीबाट २१ करोड बढी पाकिस्तानी लाभान्वित हुँदै आएका छन् ।
५) भारतलाई सीमित अधिकारहरू
भारतलाई पश्चिमी नदिहरूको पानीबाट सीमित मात्रामा सिंचाई, जलविद्युत उत्पादन र जलसञ्चयका लागि प्रयोग गर्ने अधिकार दिइएको छ, तर पानीको प्रवाहलाई रोक्न वा मोड्न अनुमति छैन।
६) स्थायी सिन्धु आयोग
सम्झौता अनुसार दुई देशका एक(एक आयुक्त रहने स्थायी सिन्धु आयोग गठन गरिएको छ, जसले डाटा आदानप्रदान, परियोजना समीक्षा र विवाद समाधानमा काम गर्छ ।
७) विवाद समाधान प्रक्रिया
विवादहरू समाधान गर्न समझौतामा कानुनी प्रक्रिया समावेश छ, जसमा स्थायी आयोग, तटस्थ विशेषज्ञ र अन्तिममा मध्यस्थता फोरम समावेश छन्।
८) समझौताको निरन्तरता र विवाद
यो समझौता कुनै निश्चित अवधि वा एकपक्षीय रूपमा रद्द गर्न सकिँदैन। तर पछिल्ला तनाव र घटनाहरू (जस्तै पहलगाम आक्रमण) पछि भारतले अस्थायी रूपमा सम्झौता रोक्ने निर्णय गरेको छ ।
९) इतिहासिक पृष्ठभूमि
स्वतन्त्रता पछि सीमा निर्धारण र सिंचाई स्रोतहरूको विवादलाई समाधान गर्न यो समझौता भएको हो, जसले पाकिस्तानलाई पानीको सुनिश्चितता गराउनु मुख्य उद्देश्य देखिन्छ ।
१०) वर्तमान स्थिति र चुनौतीहरू
भारत-पाकिस्तान बीच कश्मीर मुद्दा र आतंकवादका कारण यो समझौता तनावपूर्ण बनेको छ । भविष्यमा यसको स्थायित्वको विषय कसरी अघि बढ्न भन्ने अन्यौलता देखिएको छ ।