काठमाडौं । काठमाडौं महानगरपालिकाले विभागीय प्रमुख र सबै वडा सचिवलाई बजेट तथा कार्यक्रमको खर्च गर्ने अख्तियारी प्रदान गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले सोमबार विभागीय प्रमुख र वडा सचिवहरुलाई यस सम्बन्धी अख्तियारी प्रदान गरेका हुन् ।
‘आ-आफ्नो विभाग/वडा अन्तर्गतको स्वीकृत बजेट तथा कार्यक्रम प्रचलित कानून र मार्गदर्शन बमोजिम खर्च गर्नु गराउनु’ प्रमुख प्रशासकीय अधिकृत गुरागाईको पत्रमा भनिएको छ ।
यो अख्तियारीसँगै महानगरभित्र चालु आर्थिक वर्षका लागि खर्च गर्न गराउन बाटो खुला भएको हो ।
Comments







