काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ ।
दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।
विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।
यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए ।
Comments







