काठमाडौं । प्राध्यापक डा।दीपक अर्याल त्रिभुवन १९ दिनदेखि कार्यालय प्रवेश गर्न पाएका छैनन् । विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको ३३ दिन मात्र भएको छ तर १९ दिनदेखि कार्यालय छिर्न पाएका छैनन् ।

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा रिले अनशनमा बसेको छ । रिले अनशनमा बसेको आज १९ दिन भयो । जसका कारण उपकुलपति अर्याल कार्यकक्षमा जान नपाएका हुन् ।

आन्दोलनका कारण उनी कार्यालय बाहिरै बसेर काम गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।