काठमाडौँ । रेड्मीले दुई नयाँ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ । बढ्दो डिजिटल जीवनशैली र स्मार्ट उपकरणप्रतिको आकर्षणलाई ध्यानमा राख्दै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीमार्फत ‘रेड्मी वाच ५ एक्टिभ’ र ‘रेड्मी वाच ५ लाइट’ गरी दुई नयाँ मोडेल ल्याएको हो ।

किफायती मूल्यमा लामो समय चल्ने ब्याट्री र स्वास्थ्य निगरानीका विस्तृत सुविधासहित यी स्मार्टवाच बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

रेड्मी वाच ५ एक्टिभ को मूल्य चार हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा २ इन्चको डिस्प्ले छ । एक पटकको फुल चार्जमा १८ दिनसम्म चल्ने ब्याट्री क्षमता यसको मुख्य विशेषता हो । यसका साथै, आवाजबाटै विभिन्न कार्य गर्न सकिने एलेक्सा भ्वाइस असिस्टेन्ट, १४० भन्दा बढी खेल मोडहरू र धातुको बलियो संरचनाले यसलाई दैनिक प्रयोगका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ ।

त्यस्तै, रेड्मी वाच ५ लाइटलाई केही थप सुविधासहितको प्रिमियम मोडेलका रूपमा ७,४९९ रुपैयाँ मा सार्वजनिक गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।