काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्ना पुराना वेबसाइटहरू परिवर्तन गरेकाे छ ।

कार्यालयको हालसम्म सञ्चालित वेबसाइट http://tuexam.edu.np लाई एक महिनासम्म यथावत चलाइने भएपनि, आगामी परीक्षा तथा सम्बन्धित सूचना अब नयाँ डोमेनमार्फत प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ।

२०७२/०९/२६ गतेदेखि परीक्षा सम्बन्धी सबै सूचना https://exam.tu.edu.np मा उपलब्ध हुने र पुरानो वेबसाइट क्रमशः नयाँ प्रणालीमा सारिँदै जाने सूचनामा उल्लेख गरिएको छ।

अझै एक महिनासम्म पुरानो र नयाँ दुवै वेबसाइटबाट सेवा उपलब्ध हुने तर एक महिना पछि मात्र नयाँ वेबसाइट सक्रिय रूपमा प्रयोगमा आउने विश्वविद्यालयले बताएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।