डीएसपी मधु नेपाल ‘बहुविवाह’ आरोपमा पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप

काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्।

डीएसपी नेपालकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको थियाे । बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएपछि नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए।

नेपालमाथि ३ दिनको म्याद थप गरिएको र आरोपसँग सम्बन्धित थप प्रमाण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, नेपालकी भनिएका दोस्रो श्रीमतीको खोजी कार्य पनि अघि बढाइएको जानकारी दिइएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।