काठमाडाैं । भिजिट भिषामार्फत मानव तस्करी गरेकाे सम्बन्धमा तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलगायतका व्यक्तिमाथि अख्तियारले अनुसन्धान गरिरहेकाे पाइएकाे छ ।
अख्तियारले सरकारका सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने क्रममा लेखकलगायतका व्यक्तिमाथि छुट्टै अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन गृह सचिव दुवाडीसहितका उच्च अधिकारीविरुद्ध छुट्टै अनुसन्धान जारी रहेको अख्तियारले जनाएको हाे ।
फरक घटनाक्रम, व्यक्ति संलग्न भएको विषयमा छुट्टाछुट्टै आरोपपत्र ल्याउनु भन्ने २०७४ सालको मुद्दामा भएको आदेश भन्दै अख्तियारले अरुको हकमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ ।
भिजिट भिषा प्रकरणमा लेखक पनि जाेडिएकाे भन्दै तत्कालिन अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा सय दिन बढी उठेर विराेध जनाएकाे थियाे । माओवादीले पनि सुरूमा गृहमन्त्रीकाे राजीनामा माग गर्दै विराेध जनाएपनि पछि दुई बुँदे सहमति गरेर पछि हटेकाे थियाे ।







