काठमाडौँ । एभरेस्ट बैँकको अनलाइन र मोबाइल बैङ्किङ दुई दिनसम्म नचल्ने भएको छ । बैँकले हाल प्रयोग गरिरहेको कोर बैङ्किङ प्रणाली परिवर्तन गर्ने भएकाले १० देखि १२ पुससम्म बैँकको अनलाइन र मोबाइल बैङ्किङ सम्बन्धी सबै सेवाहरू अवरुद्ध हुने भएका हुन् ।
११ पुसमा बैँकका सबै शाखा/काउन्टर (वीरगञ्ज र नेपालगञ्ज भन्सारमा रहेका कार्यालय बाहेक) समेत बन्द हुनेछन् । यस्तै, बैँकका एनसीएचएल ईसीसी, एनआरबी आरटीजीएस सेवा पनि ११ पुसमा बन्द रहने जनाइएको छ ।
बैँकका अनुसार उक्त मितिमा एटीएम, कनेक्ट आईपीएस सेवा भने बन्द हुने छैनन् । उक्त मितिमा भएको कारोबारको एसएमएस र ईमेल अलर्ट पनि नआउने जानकारी बैँकले दिएको छ ।
Comments







