काठमाडौँ । सरकारले ३० जना शाखा अधिकृतको सरुवा तथा कामकाज सम्बन्धी निर्णय गरेको छ। याे निर्णयसँगै दर्जनकाे संख्यामा प्रशासकिय अधिकृतकाे फेरबदल भएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई नयाँ स्थानमा खटाउने निर्णय सार्वजनिक गरेको हो।
निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालयलगायत विभिन्न निकायमा कार्यरत शाखा अधिकृतलाई देशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा कामकाज गर्न पठाइएको छ। केही शाखा अधिकृतलाई निर्वाचन आयोग, जिल्ला समन्वय समिति तथा प्रदेशस्तरीय कार्यालयहरूमा समेत खटाइएको छ।
हेर्नुहाेस विवरण



Comments







