काठमाडाैं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखकाे सरूवा भएकाे छ ।
सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।
भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमनपछि कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाइएका हुन् ।
सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।
Comments








