काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार अब सोमबार मात्र खुल्ने भएको छ । शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने भएको हो ।
कुनै पनि शुक्रबार सेयर बजार खुल्दैन भने शनिबार सार्वजनिक बिदा भएको र आउँदो आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले अब सोमबार मात्र सेयर बजार खुल्ने भएको हो ।
Comments







