काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीसँग मिलेर अघि बढ्ने विषयमा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पक्षधरको अझै पनि मतभेद देखिएको छ ।
कुलमान घिसिङ एकताका साथ अघि जाने विषयमा अझै पनि खुल्न सकेका छैनन् । रबि लामिछाने, बालेन शाह र कुलमानबिच एक भएर जाने विषयमा यसअघि सहमति भएको थियो ।
तर, कुलमान अहिले पनि खुलेर एकताका पक्षमा उभिन सकेका छैनन् । स्रोतका अनुसार कुलमानको कतिपय विषयमा अझै पनि असहमति रहेको छ ।
पाटीको नीति र एजेण्डाका विषयमा मात्रै हैन समानुपातिक सूची र केन्द्रीय समितिको संख्याकै विषयमा उज्यालो नेपाल पक्षका नेताहरु असन्तुष्ट रहेको पाइएको छ ।
यसका साथै, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको विषयमा पनि यी दुई पक्षबीच एकमत हुन सकेका छैनन् । उज्यालो नेपाल पक्षहरु समावेशिता, धर्मनिरपेक्षता र संघीयता पक्षधर रहेका छन् । उनीहरुले रवि लामिछाने यो विषयमा स्पष्ट नभएको आरोप समेत लगाउने गरेका छन् ।







