काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् ।
कांग्रेसको विशेष दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका हुन् ।
‘हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर ल्याउँछौ । यो देशमा अब कांग्रेस भित्रको होस् वा बाहिरको होस् कसैले पनि दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने पद्धतिको निर्णय गर्छौ’, महामन्त्री शर्माले भने ।
यस्तो प्रस्ताव कांग्रेसभित्र यसअघि पनि उठेको उल्लेख गर्दै बेवास्ता गरिएको बताए । उनले यो महाधिवेशनले जे पास गर्छ त्यहीँ नै कांग्रेसको आगामी मार्ग निर्देशन हुने समेत बताएका छन् ।
उनले ३४ वर्षमा ३० वटा सरकार बनाएर नागरिक सन्तुष्ट छन् भनेर सोच्नु गलत हुने भन्दै नागरिक सन्तुष्ट हुन नसकेको बताए ।







