काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाको दुवै निर्वाचन क्षेत्रबाट बाबुराम भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बसेको प्रलोपाको जिल्ला समिति बैठकले पार्टीको संरक्षकसमेत रहेका भट्टराईलाई दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो । उम्मेदवार सिफारिसमा दुवै क्षेत्रबाट भट्टराईको नाम पहिलो नम्बरमा रहेको छ ।
क्षेत्र नम्बर १ बाट भट्टराईसहित शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त र साधुराम नेपालीको नाम सिफारिस भएको प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले बताए । त्यस्तै, क्षेत्र नम्बर २ बाट भट्टराईसहित बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ ।
गोरखाका दुईमध्ये एक क्षेत्रबाट चुनाव लड्न सहजताका लागि भट्टराईको नाम दुवै क्षेत्रबाट सिफारिस गरिएको भट्टले बताए ।
Comments








