पत्रकार पन्त गोरखाबाट उम्मेदवार सिफारिस

काठमाडाैं । पत्रकार अर्जुन पन्त गोरखाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनको नाम सिफारिस भएको हो ।

शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले पन्तलाई गोरखा १ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । गोरखा फुजेलका उनी रातोपाटी डटकममा आबद्ध छन् । पन्त नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्, लामो समयदेखि राजनीति अभियानमा पनि सक्रिय छन् । उनीसहित गोरखा १ बाट ५ जनाको नाम सिफारिस भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेताहरू शारदा प्रसाद धिताल, बाबुराम नेपाली र साधुराम नेपाली पनि यसै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।