काठमाडौं । जिम्बावे र आयरल्यान्डबीच ट्वान्टी-२० विश्वकप २०२६ को समूह ‘बी’को क्यान्डीमा हुनुपर्ने खेल वर्षा कारण रद्द भएपछि जिम्बावे सुपर एटका लागि छनोट भएको छ भने अस्ट्रेलिया बाहिरिएको छ ।

यो समूहबाट यसअघि नै श्रीलंका अर्को चरण पुगिसकेको छ । उपाधिको बलियो प्रत्यासी मानिएको अस्ट्रेलिया भने जिम्बावे र आयरल्यान्डले एक एक अंक बाड्दा प्रतियोगिताबाट बाहिरिएको हो । अस्ट्रेलिया जिम्बावे र श्रीलंकाविरुद्धको खेलमा पराजित भएको थियो र यी हार उसका लागि निकै महँगो साबित भयो ।

क्यान्डीमा हुनुपर्ने खेल वर्षाले एक बल पनि सम्भव भएन । यो नतिजापछि श्रीलंका ६ र जिम्बावे ५ अंकमा रहे । त्यस पछाडि आयरल्यान्डको ३ र अस्ट्रेलियाको २ अंक भएको छ । ओमान भने शून्य अंकमा रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।