काठमाडौं । विभिन्न समुहका ६ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि अनिल खत्री सिफारिस भएका छन्। यस्तै, सर्भे समूह राजपत्रांकित द्वितीय श्रेणीअन्तर्गत राजु कुमार द्विवेदी, राजमान श्रेष्ठ र द्वारिकानाथ धिताल सिफारिस भएका छन् ।
यसैगरी, कृषि प्रसार समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत नवराज पण्डित र बागवानी समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत रामकुमार यादव बढुवा सिफारिस भएका छन् ।







