काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढाएको जानकारी दिएको हो ।
नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
Comments







