काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनको पारो घटेको विश्लेषण गरेका छन् ।
पेरिसडाँडामा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले पहिले बजारमा घण्टी घण्टी भन्ने गरेकोमा अहिले त्यसको ग्राफ घटेको र मधेसमा बालेनको अलिक माहोल देखिए पनि उनका विषयमा पनि प्रश्न उठेपछि उनको पनि बिस्तारै ग्राफ घट्दै गएको बताए ।
प्रचण्डले उस्तै परेमा एमाले चौथो दलमा खुम्चिन सक्ने समेत बताएका छन् । अहिले नै आफ्नो पार्टी पहिलो हुनेमा नपुगे पनि पहिलोको नजिक पुगेको समेत बताए ।
उनले दुई बुँदे सम्झौताका विषयमा पनि स्पष्ट पारे । कांग्रेस र हामी मिलेर सरकार बनाउने भनेर दुई बुँदे गरिएको तर कांग्रेस त्यो सहमतिबाट पछि हटेको बताए । ‘कांग्रेस र हामी मिलेर सरकार बनाएकोे भए जेनजीको माग हामीले सम्बोधन गर्थ्यौ, भदौ २३ र २४ को घटना नै घट्दैन थियो ।’ उनले भने ।
प्रचण्डले यो निर्वाचनमा कोहीसँग पनि तालमेल तथा गठबन्धन नहुने समेत बताए ।






