काठमाडौं । पछिल्ला दिनमा व्यवस्थापकिय अस्थिरताको सिकार बन्दै गएको हिमालयन लाइफ इन्स्योरेन्समा एकैचोटी ४ सय प्रतिशतले दाबी भुक्तानी थपिएको पाइएको छ ।
कम्पनीको दोस्रो त्रैमासिक अवधीमा इन्स्योरेन्सको दाबी भुक्तानी संख्या १३ सय ७२ बाट बढेर ७ हजार ९ सय ५४ पुगेको हो । यसको आधारमा यो ४८० प्रतिशत अर्थात पाँच गुणा बढीले वृद्धि हो ।
यसले भविष्यमा नगद प्रवाह र नाफामा दबाब पर्ने स्पष्ट छ । कम्पनी नाफामै भएपनि ओसिआई अत्यन्तै नकरात्मक स्थितिमा रहेको छ ।
केही समय अगाडि मात्र तत्कालीन सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका थिए । एजेन्टहरूको माग सम्बोधन गर्न नसकेको र आन्तरिक दबाबका कारण उनले राजीनामा दिनुपरेको थियो ।
नयाँ प्रमुख कार्यकारी अधिकृत कपिल दाहालको कार्यशैलीप्रति पनि कर्मचारी र युनियनहरू असन्तुष्ट बनेका छन् । इन्स्योरेन्सले अहिले पनि व्यवस्थापकिय अस्थिरताबाट मुक्ति पाउन सकेको छैन । खराब स्थितिमा पुगेको कम्पनीलाई व्यवस्थापकिय नेतृत्व दिएर नयाँ योजनाका साथ अघि बढ्नुपर्नेमासिइओ आफैं युनियनको गुट उपगुटमा रमाउन थालेको समेत स्रोत बताउँछ ।







