काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागकाे भनाई छ । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी दिपक भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि उनी पक्राउ परेकाे बताइन्छ ।
विभागले खासगरी जगदम्बा स्टिल, हिमालयन रि, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालबीचको कारोबारमा केन्द्रित भएर अनुसन्धान जारी राखेकाे छ ।
Comments






