काठमाडाैं । सम्पत्ति शुद्धीकरणको अुनसन्धानका लागि व्यवसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ परेका छन् ।

भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबील)ले पक्राउ गरेको हो । केही दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण विभागले उनको राहदानी रोक्ने निर्णय गरेको थियो । विभागले पत्र लेखेर अध्यागमन विभागलाई आवतजावत रोक्न भनेको थियो । उक्त पत्रका अधारमा विभागले उनको राहदानी रोक्ने निर्णय गरेको थियो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा केही वर्षदेखि अनुसन्धान भइरहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।