मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा मृत्यु भएकाको प्रहरीले जाहेरी लिएन

काठमाडाैं । झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।

दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो । राजुको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन ।

लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् । यो समाचार कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले लेखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।