काण्डै काण्डको अर्काे उपनाम बन्दै ‘प्रभु बैंक’ !

ठमाडौं – ठगी काण्डका कारण आफ्नो अस्तित्व समाप्त पारेर एकादेशको कथा बनेको किस्ट बैंककै पथलाई पछ्याउँदै प्रभु बैंकले पनि विभिन्न खालका काण्डहरु मच्चाउन थालेको छ ।

काण्ड नं.- १

बैंकले जानकी मेडिकल कलेजको नाममा गैरकानुनी रुपमा करोडौं ऋण प्रवाह भएको छ । गैरकानुनी रुपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मेडिकल कलेजलाई ऋण दिँदै कलेजको केही प्रतिशत शेयर पनि आफन्तको नाममा पार्न सफल भएका छन् । त्यति मात्र होइन जानकी मेडिकल कलेजको सम्पूर्ण प्रशासन उनकै निर्देशनमा चल्ने गरेको छ । प्रभु बैंकले प्रत्येक वर्ष जानकी मेडिकल कजेजको भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा, त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गरेर चरम आर्थिक अनियमितता गरिरहेको छ । बढी ऋण लिनकै लागि प्रभु बैंककै सिइओ शेरचनकै इशारामा कलेजले काम गर्दै आइरहेको छ । उक्त कलेजलाई बढी ऋण दिन बैंकका सिइओ शेरचनले राष्ट्र बैंकसँग सेटिङ मिलाएको बुझिएको छ ।


काण्ड नं.- २

प्रभु बैैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लाग्ने गरेको छ । उनले पहिलाको किस्ट बैंक र ग्राण्ड बैंकका कर्मचारीहरुमाथि भेदभाव गर्ने गरेका छन् । राष्ट्र बैंकका केही कर्मचारीहरुलाई हातमा लिएर सिइओ शेरचनले आफ्नो बैंकका कर्मचारीहरुमाथि ज्यादती गरिरहेका छन् । तत्कालिन किष्ट बैंकका कर्मचारीहरुलाई उनले लामो समयदेखि राजधानी बाहिर पठाउँदै आएका छन् । त्यस बारेमा बैंकभित्र विरोध हुँदै आएको छ । सिइओ शेरचनको गुटबन्दीका कारण बैंकका अधिकांश कर्मचारीहरु उनीसँग रुष्ट भएका छन् । बैंकका गैरकानुनी काम र सिइओ शेरचनको मनपरीको विषयमा आवाज उठाउने प्रभु बैंक ट्रेड यूनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई सिइओ शेरचनले निलम्बन गरेपछि यो विषयले झन् चर्चा पाएको थियो । सरुवा र बढुवामा पनि मनपरी गर्न थालेपछि अधिकारी र कोइरालाले त्यसको विरुद्ध आवाज उठाएका थिए । त्यहि विषयलाई आधार बनाएर शेरचनले उनीहरुलाई जागिरबाट हटाइदिने भन्दै धम्क्याएर निलम्बन गरेको बुझिएको छ । त्यसो त शेरचनमाथि महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । शेरचनले ११ जनाको यूनियनको कमिटीमा बहुमतमा आफू निकटकालाई राखेर यूनियनभित्र पनि खेल्दै आएको पीडित एक कर्मचारीले बताए । कर्मचारीमाथि भेदभाव गरेकै कारण बैंकका गोप्य दस्तावेजहरु बाहिरिने गरेका छन् ।

काण्ड नं.- ३

एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत अर्काको जग्गा हत्याएर करोडौं ऋण काण्डमा फसेको छ प्रभु बैंक । अर्काको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले छानविन गरिरहेको छ । पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद बास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ । खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक्त जग्गा धितो राखी प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको मुद्दा अहिले कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

काण्ड नं.- ४

नातागोता र कमिसनको चक्करमा प्रभु बैंकका माथिल्लो तहका कर्मचारीहरुले ऋण प्रवाह गर्दा बैंक समस्या परेको छ । बैंक व्यवस्थापन स्रोतका अनुसार अनियमित रुपमा ऋण प्रवाह गर्दा प्रभु बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै गएको छ । नातागोता र कमिसनको चक्करमा परेर कर्जा लगानी गर्दा बैंक जोखिममा परेको बैंककै एक कर्मचारीले बताए । बैंकभित्र यतिसम्मको गुटबन्दी बढेको छ कि प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले आपूm निकटका व्यक्तिहरुलाई मात्र आकर्षक ऋण दिने गरेका छन् । जुन ठाउँबाट विश्वासिलो र भरपर्दो ऋणको प्रस्ताव आउँछ त्यहि ठाउँमा कमिसनको माग गर्ने र कमिसन पाएको खण्डमा ऋण दिने गरेको बुझिएको छ ।

काण्ड नं.- ५

प्रभु बैंकका एटिएमहरु प्रायजसो बिग्रेका देखिन्छन् । लो टेन्डर र धेरै कमिसनको भरमा एटिएम मेसिन खरिद गरिएकाले प्रभु बैंकका एटिएम प्रायजसो बिग्रिने गरेका छन् । केही समय अघि धेरै एटिएमहरु बिग्रेर प्रभु बैंकका ग्राहकहरुले सास्ती पाएका थिए । अहिलेपनि प्रायः एटिएमहरु बिग्रेकै देखिन्छन् । प्रभु बैंकका एक ग्राहकले उपत्यका बाहिरबाट मोटिभेट न्यूज डटकमलाई दिएको जानकारी अनुसार महिनामा २५ दिन एटिएम बन्द हुने गरेका छन् । प्रभु बैंकभित्रका अनियमितता र बैंकको उच्च नेतृत्वले गरेको भ्रष्टाचार बारेको सामग्रीहरु एकपछि अर्को गर्दै निरन्तर प्रस्तुत गर्नेछौं । मोटिभेटन्यूजबाट साभार


याे पनि पढ्न छुट्याे की

होसियार, खाईदेला प्रभू बैंकले तपाईको पनि पैसा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।