‘युवालाई रोजगारी होईन, उद्ममी बनाउनु पर्छ’

वसन्त कुमार शाही
पछिल्लो अवस्थामा नेपालबाट करिब ४६.५% युवाहरु खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएका छन् । जहाँ ४०-४५ डिग्री तापक्रममा ज्यानको बाजी थापेर आफ्नो र परिवारको भोको पेट पाल्न स्वदेशमै केही नभएपछि विदेश पलायन हुन बाध्य छन् । ती युवाहरुले पठाएको रेमिटेन्सले गर्दा ७०% ले देश चलेको छ। ती युवाहरू स्वदेश आउँदा खोइ राज्यले रोजगारी तथा उद्ममीको व्यवस्था गरेको ? यदि राज्यले गर्न सक्दैन भने किन रेमिटेन्स बाट गरिव जनताको पैसा लिनु के का लागि नेता, कार्यकर्ता पाल्नको लागि हो कि देश विकास निर्माण युवा उद्ममी, रोजगारीको लागि हो भन्ने प्रश्न उठ्न जान्छ ।

विश्वका सयौं धनी व्यक्तिहरु कहिल्यै रोजगारीको सिलसिलामा भौतारिएको पाईदैन, किनभने रोजगारले केवल आफ्नो पेटलाई मात्र धान्न सकिन्छ अनि मुस्किल मुस्किल गरी परिवारको त्यही माथी नेपाल जस्तो गरिब देशमा न्युनतम तलबबाट मानिसका आधारभुत आवश्यकताहरु पूरा गर्न सकिरहेका छैनन् त्यहीँ भएर आर्थिक हिनामिना, भ्रष्टचार गर्न खोज्छन् आफ्ना दैनिक आवस्यकता पूरा गर्नको लागि।

विश्वका धनी व्यक्तिहरु कोहि पनि रोजगारी भएर धनी भएका होईन्, उद्ममशिलताबाट धनी भएका हुन् । जस्तै माइक्रोसफ्टका मालिक बिलगेट्स, जेफ बेजोस, बेनार्ड, वारेन, ल्यारी, जुकभर, एलन मक्स जस्ता व्यक्तिहरुलाई राम्रो सँग थाहा थियो हामी रोजगारको लागि भौतारिनु हुन्न उद्ममशिल कसरी बन्ने तिर प्राथमिकता दिनु पर्छ भन्ने । उनीहरुको मानसिक रुपमा विकास भएको थियो हामी उद्ममी बन्न खोज्दा दुःख हुन्छ भन्ने पनि ।

तपाई रोजगारी बन्नु भयो भने केवल तपाईले मात्र जागिर पाउनुहुन्छ अनि शिक्षित बन्न सक्नु हुन्छ त्यही माथी (न्युन तलबमा उदाहरणको लागि ३०,०००) तर तपाई उद्ममशिलता गर्दै हुनुहुन्छ छ भने आय श्रोत पनि धेरै हुन्छ साथै २-४ जना अरु बेरोजगार युवाहरु तथा आफन्तहरुलाई पनि रोजगार दिन सकिन्छ । रोजगारी हुँदा तपाईहरुको कसैको अन्डरमा बसेर काम गर्नुपर्छ, तनाव, गाली, जस्ता कुरा लाई सहनुको पीडा कस्तो होला ? के गर्नु नेपालमा त्यही जागिर नपाएर लाखौं युवाहरु खाडिमुलुकमा जानू पर्ने बाध्य छ। तपाई उद्ममशिलता गर्नु भयो भने मालिक भएर स्वतन्त्र रुपमा काम गर्न पाउदाको आनन्द कस्तो होला एक छिन सोच्नुत ! त्यसैले “अब युवा उद्ममी बन्नुपर्छ रोजगारी खाेज्ने हैन, जागिरे बन्ने हैन”

सरकारले “एक घर, एक युवा, एक उद्ममी” कार्यक्रम ल्याएर स्थानीय तहदेखि केन्द्रसम्म गर्न जरुरी छ । राज्यले एक घरमा एक रोजगारी दियो भने एक घर परिवारमा न्युनतम ४ जना सदस्य हुन्छन् त्यस मध्ये एक जनाकाे मात्र रोजगारी हुन्छ भने अरु त्यहीँ रोजगारीको भर पर्नु पर्छ । यसरी धेरैको आफ्नो आधारभुत आवश्यकता पूरा नहुदा आत्म हत्या, डिप्रेशन समेत गर्न बाध्य हुन्छन् । राज्यले रहेक घरमा एक युवालाई मात्र उद्ममी बनाउन सक्यो भने त्यो युवाले पछि अन्य परिवार सदस्यहरुलाई समेत रोजगार दिनसक्छ यसरी गर्दा कोही पनि बिरोजगार बस्नु पर्ने छैन ।

राज्यले युवाहरुलाई कसरी उद्ममी बनाउने?
हो यो चुनौतीको कुरा हो तर अबस्य लाखौं युवाहरुलाई न्युनतम रकममा उद्ममी बनाउन सकिन्छ । हामी सबैलाई थाहा भएकै कुरा हाे नेपाल कृषि प्रदान देश हो तर आफुले उत्पादन गरेको ३ महिनाको लागि पनि खाना प्राप्त हुदैन हजारौं जनताहरु भोग मरीबाट अकालमै ज्यान गुमाईरहेका छन् भने प्रत्येक दिन भारतबाट अर्बौं खाद्य पदार्थ किनी रहेका छौँ यो अबस्थामा कसरी कृषि प्रदान देश ? कृषि प्रदान देश भन्नाले आफुले उत्पादन गरेको प्राप्त मात्रामा पुगि अनि खर्बौ टन विदेशमा निर्यात गरि अरबौ रकम स्वदेशमा भित्र्याइ विकास निर्माणमा लगानी गर्न पर्दछ अनि देश समृद्धि हुन्छ सक्छ ।

हरेक स्थानीय तहले आफ्नो नागरिकको डाटा संकलन गरि कुन युवासंग कस्तो क्षमता छ कसैलाई कृषिमा होला, स्वस्थ्यमा होला, ब्यापारी, उद्योगमा इत्यादि बुझेर त्यही अनुसार अगाडि बढ्नु पर्दछ। कृषिको लागि राज्यले नै बिउ, आधुनिकरण कृषि औजार (ग्रुपमा) केही अनुदान दिने हो भने युवाहरु आफै उद्ममी हुन सक्छन् । यसरी गर्दा राज्यको अर्थतन्त्र बलियो हुन्छ भने कर पनि धेरै उठ्न जान्छ राज्यलाई नै फाईदा जनक छ । जस्तै कसैले माछा पालन गर्छ भने भुराहरु दिने, सहजीकरण गर्ने आलु खेती गर्न चाहान्छ भने आलु बीउ दिने, व्यापार गर्न खोज्दैछ भने अनुदानको व्यवस्था गरि नेपाली उत्पादन गरेका कपडाहरु बिदेश बजार समेत निर्यात हुने गरि, यसरी नै युवालाई स्वदेश मै उद्ममी गर्न सकिन्छ।

हजारौं युवालाई उद्ममी बनाउन कसरी आर्थिक व्यवस्थापन गर्न सकिन्छ?
अहिले स्थानीय तहमा लाखौं भ्रष्टचार भईरहेको छ । दिन प्रतिदिन आर्थिक हिनामिना हुँदा स्थानीय तहको बजेट नै सकिन्छ विकास निर्माणमा भन्दा पनि । उदाहरणको लागि, कालिकोट जिल्लामा करिब ३९,००० घरधुरी रहेकाे छ “एक घर, एक युवा, एक उद्ममी” कालिकोटमा ३९,००० युवालाई उद्ममी बनाउनु पर्यो ।
मानौँ १०,००० युवाहरुले आलु खेती मात्र गर्न चाहे प्रत्येक युवालाई १००० केजी आलु बीउ आवश्यक पर्यो भने १०,०००*१,०००= १ करोड केजी बिउ चाहिने भयो बीउ खरिद गर्दा राज्यले प्रति केजि रु २० गर्दा २० करोडले १०,००० युवा उद्ममी हुने भए । २० करोड बिउले कम्तिमा १ अर्ब केजी आलु फल्यो भने २० अर्ब आम्दानी हुने रहेछ आलु फेरि वर्षमा तीन पटक हुन्छ । आलु त एउटा उदाहरण मात्र दिएको हो यस्ता अन्य उत्पादन गर्न सकिन्छ । के युवा उद्ममीहरूले अर्वौ आम्दानी गर्न थाले पछि राज्यले सहयोग गरेको अनुदानको १० गुणा बढि दिन नसक्लान त ? किन राज्य युवाहरु लाई बिरोजगारीमा राख्दैछ अनि आफू चाहिँ खर्बौ भ्रष्टचार गर्ने ?

१०,००० युवा उद्मम गर्न २० करोड खर्च हुन्छ भने ३९,००० युवा लाई उधमी बनाउन ८० करोड +२० करोड आधुनिक कृषि औजार उपलब्ध गराउदा १ अर्बमा एक जिल्लामा “एक घर, एक युवा, एक उधमी” सम्पन्न हुने रहेछ । ७७ अर्ब पैसा भयो भने देशका ३० लाख युवाहरु लाई उद्ममी बनाउन सकिने रहेछ । ती ३० लाख युवाहरुले आफ्नो उधमीमा करिब २ जनाले मात्र रोजगार दिने सक्ने भने ६० लाख युवहरु रोजगारी+ ३० लाख युवाहरु उधमी अनि राज्यलाई कस्ले दिन्छ गालि ? किन जान्छन् युवा खाडीमा रोजगारको लागि ? किन युवाहरु सडकमा बिरोध गर्छन् ?

(लेखक युवा वैज्ञानिक शाही अन्तरास्ट्रिय युवा वैज्ञानिक अवार्ड २०१४ पेरिस फ्रान्स र राष्ट्रिय युवा प्रतिभा तथा पुरस्कृत २०१७ नेपाल सरकारबाट पुरस्कृत हुन् )

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।