सोनु कुमार सुनार
रेमालालको गाँउमा यो वर्षपनि धुमधामसंग दशैं आउँदैछ । यसपालीको दशैंमा रेमालाल एकलाखको जुवा खेलेर ५ लाख रुपैयाँ हातपार्ने दाँउमा दिनरात सपना देखिरहेको छ । जुवा खेल्नका लागी उसले किराना पसल बाट १ लाख रुपैयाँ निकालेर विशेष काम छ भन्दै श्रिमतीलाइ वासकमा राख्न भनेको छ । हिमाली जिल्ला तिर ठेक्काको काम गर्ने रेमालालको दाइपनि यसपालीको दशैंमा गाँउ आउने कुरा छ । त्यसैले अहिले रेमालालको घर दशैंमा भरिभराउ हुनेवाला छ ।
दशैंको लागी भनेर एउटा पैँतिस किलोको खसी पनि तयार पारिएको छ । रेमालालको घरको दाँयातिर एकजना बसेर मच्चाउन मिल्ने पिंग हालिएको छ । घर वरिपरि ध्वजापताकाहरुले राम्ररी सिँगारिएको छ । साँझमा उसको घरमा चारैतिर सोलार वत्ति बल्छ र घर वरिपरि पुरै उज्यालो बनाउने गर्दछ । ठुलो आवाजमा घरको कौसीबाट रेमालाल ले डेकबाट दशैंको गित दिनभर र राति ८ , ९ बजेसम्म घन्काइरहन्छ । गरिव गाँउमा रेमालालको घर विहेमा सिँगारिएकी वेहुली जस्ती पो देखिन्छ । दसैको सुभकामना दिनको लागी कार्ड छपाउन शहर गएको रेमालाल आज साँझ गाँउ फर्कने कुरा छ र भोली उसले गाँउका कन्ने मान्ने मानिसहरुलाई बोलाएर आफ्नो आगनमा दशैंको सुभकामना आदानप्रदान गर्ने कार्यक्रम कार्यक्रम राखेको छ । उसको चलन पहिला मौखिक निम्तो पठाउने र घरमा आएपछि मात्र सुभकामना कार्ड दिने रहेका ले उसले पहिले नै कसैलाइ पनी कार्ड पठाएको छैन । भोलीपल्ट रेमालालको आगनमा सोफा , फुलमाला अविर र कुर्चिहरु सजिएका देखिन्छन । पुर्व पञ्च प्रधान देखी लिएर गाविस अध्यक्ष हुँदै गणतन्त्र आइसकेपछि नेता भएका गाँउका राजनितीक दलका नेताहरुको सुभकामना आदानप्रदान कार्यक्रममा उपस्थिती रहेको छ । सवैभन्दा विचको सोफामा रेमालाल टाइसुटमा सजिएर कालो चस्मा कपालमा लगाएर बडो प्रफुल्लताका साथ बसिरहेको छ । रेमालालको भाइ खिमालाल लाइ सुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालनको जिम्मा दिइएको छ । पुर्व पञ्च प्रधान को सभापतित्वबाट कार्यक्रमको थालनी गरिन्छ । रेमालालले सवै अतिथीहरुको हातमा सुभकामना कार्ड र फुलमाला अविर सहित सम्मान गर्छ । वातावरण निकै रमाइलो छ, डेकमा दशैंको मंगलधुन वजाइएको छ । अगरवत्तिको सुगन्धयुक्त गन्धले आगन नै मनमोहक बनाएको छ । सुभकामना आदानप्रदान कार्यक्रम सकिएपछि खान पान सुरु हुन्छ । सवैजना मदिरा को नसामा तल्लीन भएर नाचिरहेका हुन्छन । रातपर्न सुरु गरे देखी भिड तितरवितर भयो । गाँउका सवै मानिस हरु सुभकामना आदान प्रदान गरेर रेमालालको घरबाट आफ्नो घरतर्फ फर्किए । भोलीपल्ट गाँउमा एकदम ठुलो हल्ली खल्ली मच्चियो ।
दशैंको सुभकामना आदानप्रदान कार्यक्रम गर्दाको राति रेमालाल ले फेलमान कि छोरी को जवरजस्ती इज्जत लुटेको खवर गाँउभरी सनसनी पुर्ण तरिकाले फैलियो । मुखियाको छोरो रेमालाल ले यसरी गाँउले छोरीवेटी हरु लाइ अघिल्ला सालहरुमा पनि हातपात गर्ने गरेको सुनिन्थ्यो । गाँउ मा सवै जसो तरुनी उम्मेरका केटीहरुको इज्जत लुट्न उ पछाडी पर्दैनथ्यो । केही परिहालेमा पैसामा मिलाउने गरिन्थ्यो । फेलमानकी छोरीको केसपनी पुर्वपञ्च प्रधान, गा.वि.स अध्यक्ष र जान्नेमान्ने हरु बसेर पैसामै मिलाए । दशैं आउन पनि धेरै दिन बाँकी थिएन । सवै दशैंको तयारी गर्दै थिए, कसैले खसिवोका किन्ने, कसैले रोटी र विभिन्न परिकारहरु बनाउने, कसैले घर पोत्ने, कसैले लत्ताकपडा किन्ने लगायत अनेक अनेक तयारी हरु मा गाँउका पैसावालाहरु लागीरहेका थिए । एक किसिमले भन्ने हो भने गाँउ सवै दसैमय भएको थियो पैसावाला हरुको लागी । तर विडम्बना गरिवहरुलाइ त्यो दशैं लाजको मर्नु र घाँटीको पासो जस्तो लागीरहेको छ । दिनभर काम गरेर साँझ ८० रुपैयाँ कमाउने र ४० रुपैयाँको तरकारी अनी २० रुपैँयाको चामल र २० रुपैयाँको नुन तेल किनेर जीवन गुजारा गर्नेहरुलाई दशैं केको पर्व होस दसा र रुवाउने दिनको रुपमा आएजस्तो पो लाग्छ । गाँउका असंख्य गरिवहरु मध्य फेलमान पनि एउटा गरिव हो । उसले वेसीमा घर बनाउने काम मा मजदुरी गर्ने गर्दछ र दैनिक १३५ रुपैँया कमाउने गर्दछ । उसले जति कमाउने गर्दछ त्यो सवै हरेक दिन चामल र नुनतेल किनेर गाँउमा पठाँउदा ठिक्क हुने गर्दछ । फेलमान की छोरी दिनका दिन घरको लागी दाल, चामल र तरकारी किन्न को लागी वेसी आउने गर्थिन र बुवा कँहाबाट पैसा मागेर सामान किनेर गाँउ फर्कने गर्थिन । तर २ दिन भइसक्यो फेलमानकी छोरी गाँउबाट रासन लिनको लागी वेसी नझरेकी । यसो भइरहँदा फेलमान लाइ पनी आश्चर्य लाग्न थाल्छ । यतिकैमा मुखियाको उन्मत्त साँढे रेमालाल ले आफ्नी छोरीलाई बलात्कार गरेको र विरामी भएको कारण छोरी वेशी आउन नसकेको उसलाइ थाहा हुन्छ । विचरा स्वाभिमानी फेलमान कसैको पनी दमन अत्याचार सहन सक्दैन । उ तुरुन्त काम छाडेर गाँउ फर्कियो, र गाँउमा गएर पहिला खुकूरी लिएर सिधै रेमालालको घरमा गयो । उसको आक्रोशको सिमा निकै उच्च थियो ।
रेमालाललाइ देख्ने वित्तिकै उसले गर्दन मै खुकूरी प्रहार गरिहाल्यो । रेमालाल ढल्नेवित्तिकै मुखियाले पुलिसलाई खवर गर्न नोकरलाइ पठाउन खोज्यो तर फेलमान रगतपच्छे खुकूरी बोकेर आफै प्रहरी चौकिमा गयो । र आफ्नी छोरी माथी भएको दुव्र्यवहार सहन नसकी आफुले रेमालाल लाइ मारेको कुरा सहर्स स्विकार गर्यो । आज बाट फेलमान जेल गइसकेपछि अव उसको परिवारको विचल्ली सुरु भयो । गाँउमा वरपर रासन पैचो गरेर पनि कसैले उसको परिवार लाइ दिने कुरा थिएन । दशैं आउन दुइदिन मात्र बाँकी रहँदा फेलमान जेल परेको थियो । दशैंको मुखमा फेलमान को परिवार भोकमरीको भुमरीमा पर्न पुग्यो । अव दशैं आउन एकदिन मात्र बाँकी रहँदा मृत रेमालाल साँढेका भरौटे गुण्डाहरु फेलमान को घरमा पसे र फेलमानकी छोरी श्रीमती सवैलाइ वलात्कार गरी घरभित्रै मारिदिए । र गाँउ मा तिव्र हल्ला फैलियो । हल्लाखल्ला हुने वित्तिकै गाँउका सवै गरिवहरु चौरमा भेला भए ।
गरिव गाँउले हरुले भगवान ले मानिस बँचाउछ , मानिसको भलो गर्छ भन्ने कुरा सोँचेका थिए । तर दुर्गा भगवान ले केही पनी किन गरेनन यति धेरै मानिसहरुको हत्या हुँदा, गाँउले हरु आफै दंग परे । सवै गरिव गाँउले हरु ले भगवान प्रति अति श्रद्धा व्यक्त गर्ने बुढापाका हरुलाइ प्रश्न गर्न थाले, केहो भगवान ? हामी त्यसको नोकर किन भैराख्ने? खोइ दशैं को मुखमा दुर्गा भगवानले फेलमानको परीवारको हत्या हुन बाट जोगाएको ? हामी भगवानको नाममा किन दासतवको टिका लगाइरहने ? यी सवै प्रश्न हरुको जवाफ बुढाहरुले दिन सकेनन । गाँउमा एकजना कम्युनिष्ट पार्टीमा लागेको वौद्धिक युवा थियो । जसको नाम हो पवन, उसले सवै गाँउले हरुको विचमा धर्मको परिभाषा बताउन थाल्यो । उसले धर्मको उत्पति दासयुगमा भएको र सामन्तहरुले गरिव र सोझाहरु माथि शासन र शोषण गर्नको लागी कर्मकाण्डहरु र तन्त्रमन्त्र तथा धार्मिक ग्रन्थहरुको रचना गरेको कुरा गाँउले हरुलाइ सुनायो । सामन्तहरुको पुजा नगरेर उनी हरु विरुद्ध लड्नुपर्ने भन्दै फेलमान ले रेमालाल को हत्या गरेको कुरा न्याय संगत भएको र फेलमानको परिवारको हत्याको विरुद्धमा सवै गाँउलेहरु उठ्नुपर्ने कुरा उसले दर्सायो । धर्मकर्म गलत हो भन्ने थाहा पाएपछि सम्पुर्ण गाउँले हरु ले दशैं वहिस्कार गर्ने निर्णय गरे । विजयादशमीको दिन सवै ठाँउमा दशैंको धुमधाम थियो, तर फेलमानको गाँउमा पनि ठुलो धुमधाम नै थियो । तर दशैंको धुमधाम होइन दशैं बहिस्कार को धुमधाम ।
यो कथामा भनिए जस्तै अध्यात्मबाद सधै गरिवहरुको विपक्षमा रहने गर्दछ र पुँजीपति हरु सामन्तहरुको पक्षमा हुने गर्दछ । अध्यात्मबाद गरिवहरुलाइ शोषण गर्ने हतियार हो, यही हतियारको बलमा केही मुठ्ठी भर मानिसहरुले दासयुग देखी अहिले सम्म मानिस माथीनै शोषण गरिरहेका छन । धर्मले मानिसहरु मा मानसिक जटिलताहरु पनि पैदा गरिदिएको छ र मानिसहरुको दिमागलाइ सोझै दासी बनाइएको छ, त्यसकारण धर्म जनताका लागी अफिम हो भनिएको छ । नेपालमा पनि तत्कालिन सामन्त हरु ले हिन्दु धर्मको नाममा नेपाली जनतामाथी लामो समय सम्म शासन गरे । जनताको बन्दुकको बलमा आज सामन्तबादको नाइकेलाइ हामी देशभित्रबाट लखेटीसकेका छौँ । तर सामन्तबादी संस्कृति जो जवरजस्त नेपाली जनताको दिमागमा बसीरहेको छ त्यसलाइ हामी लखेट्न सकिरहेका छैनौँ । हिन्दु धर्मको नाममा आज थुप्रै कर्मकाण्डहरु र चाडपर्वहरु नेपाली जनताकोे प्यारो बनिसकेका छन । संस्कार भन्ने कुरा जस्तो बसाल्यो त्यस्तै बस्न जान्छ । दिनका दिन एक मूक्का श्रीमानको खाने बानी लागेको श्रीमतीलाइ अर्काे दिन एक मुक्का हानेन भने निन्द्रा नलाग्न सक्छ ।
खासमा भन्ने हो भने मुक्का हान्ने कुरा सही त होइन नी तर मुक्का खाँदा खाँदा जो श्रीमतीलाइ त्यही नै प्यारो लाग्न जान्छ । त्यस्तै गरेर दशदिन सम्म कुन्नी को सँग काल्पनीक नामको मान्छे लडाइ गरेको रे अनी दश दिनमा जितेको रे भन्ने निराधार कुरा गरेर दशैं मनाउने, पशुको हत्या गर्ने र दासत्वको टिका लगाउने चलन आज हामी नेपाली हरु लाइ प्यारो लाग्ने गर्दछ । यो पुँजीपति हरुलाइ त ठिकै हो उनीहरु मोजमस्ती गर्दछन पैसामा तर गरिव हरुको लागी आत्मग्लानीको श्रोत बन्न पुग्दछ । यसको पृष्ठभुमिको राम्रो अध्ययन गरेर गरिव हरु र सर्वहारा हरु ले यस्तो नकारात्मक दशैं नामक दासपर्वको विरोध गर्नुपर्छ र यसलाई बहिष्कार गर्नु पर्दछ । – [email protected]
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।