काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को बलियो अग्रता लिएको इजिप्टले अन्तिम १२ मनिेट सम्हालिन नसक्दा विश्वकपबाट बाहिरिएको छ ।
तर, अहिले यो हार–जितभन्दा बढी रेफ्रीको विवादास्पद भूमिकाका कारण विश्व तरंगित बनेको छ। रेफ्रीको विरोध र आलोचना तिब्र भइरहेको छ । हेलाेखबरले सञ्चारमाध्यमले यहीँ विषयलाई कसरी हेरिरहेका रहेछन् भनेर कोट्याउन खोजेको छु ।
बीबीसीले इजिप्ट अन्यायको विरुद्ध आक्रोशित भएको र रेफ्री मेसीको पक्षमा ढल्किएको भन्ने इजिष्टको भनाईलाई समेटेर न्यूज प्रकाशित गरेको छ ।
सिएनएन र वासिंटन पोष्टले यसलाई प्राथमिकता दिएका छैनन्, तिनका अनलाइनमा यो समाचार नै भेटाउन सकिन्न ।
अलजजिराले भने यो विषयलाई अझैं प्राथमिकता दिँदै भीआरको निर्णयमाथि नै शङ्का गर्दै यसले विश्वकपको वैधतामै प्रश्न उठाएको टिप्पणी गरेको छ।
अब नेपाली मिडियाको कुरा गरौं, अनलाइनखबरले यो विवादित विषय उठाएको पाइदैन । उसले पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश भनेर समाचार दिएको छ ।
सेतोपाटीले मेसीको अत्यन्त खराब रेकर्ड ! भने शिर्षकमा दुई पटक पेनाल्टी मिस गरेको विषयलाई उठाएको छ ।
रातोपाटीले भीआरको निर्णय र विश्वकपको वैधतामै प्रश्न उठाएको अलजजिराको समाचारर्ला क्रेडिट दिएर प्रकाशित गरेको छ । रातोपाटीले यो विवादको विषयलाई प्राथमिकता दिएको पाइन्छ ।
नेपाल प्रेसले पनि अर्जेन्टिनाको असाधारण जितमा रेफ्री विवादित, इजिप्टमाथि अन्याय भएकै हो ? शिर्षकमा समाचार दिएको छ ।
जे होस्, यो विषय संसारभर चर्चा र विवादमा छ । अर्जेन्टिनाका समर्थकहरू यसको बचाउमा लागे पनि गएरातिको यो घटनाले विश्व फुटबलको साखमा एउटा कहिल्यै नमेटिने विवास्पद छाप भने पक्कै छोडेको छ।







