
![]() |
द्वन्द्वकालमा अहिलेका अखिल क्रान्तिकारी अध्यक्ष हिमाल शर्मालाई क्रुरतापूर्ण यातना दिँदै राजु बस्नेत । |
![]() |
भद्रकालीस्थित भैरवनाथ गणमा दिइएको यातना सम्झदै हिमाल शर्माले राजु बस्नेतलाई आफ्नै पार्टी नेतृत्व सरकारले बढुवा गरेपछि फेसबुकमा सेयर गरेको फोटो । |
त्यस्तै, सरकारमा सहभागी एमाओवादीकै एक वरिष्ट पत्रकार दीपशिखाले त एक दैनिक पत्रिकामा बाबुराम, राजु बस्नेत र बेपत्ता योद्धा शिर्षकमा विचार लेखेरै चर्को आलोचना पोखेका छन् । उनले बाबुरामले आफ्ना १० हजार सहकर्मीको रगत र हजारौँ बेपत्ता योद्धाको आर्तनादलाई कसरी भुले ? भनेर लेखमा प्रश्न समेत उठाएका छन् । उनको लेखमा उल्लेख छ– ‘उनले (बाबुरामले) बस्नेतको बढुवा गर्दा पार्टीलाई सोधे कि सोधेनन् रु एमाओवादी बोलिसकेको अवस्था छैन । सोधे पनि र नसोधे पनि उनले गरेको यो बढुवा जनयुद्ध र १० हजार मान्छेको रगतमाथिको अपमान हो । उनले बस्नेतका अनुहारमा ४९ बेपत्ता योद्धाका रगतका छिर्का किन देखेनन् ? यो उनको कथित बौद्धिकतामा खिया परेको र जनयुद्धकालीन लासमाथि खित्खिताएको विद्रूप परिदृश्य हो ।‘
अझै बाबुराम सरकारको उक्त निर्णयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र अर्थात युवती लिएर अहिले वेपत्ता रहेका प्रकाश दाहाल पनि छन् । उनले समेत सरकारको निर्णयप्रति कडा तिक्तता पोख्दै आएका छन् ।
यी त केही उदाहरण मात्रै हुन् । बाबुरामको उक्त निर्णयप्रति शहिद तथा बेपत्ता परिवारले चित्त दुखाउन दुखाएका छन् । उक्त निर्णय सार्वजनिक हुन साथ बेपत्ता परिवार नेपालले एक प्रेस विज्ञप्ति निकालेर निर्णयप्रति आपत्ति जनाउँदै निर्णय सच्याउन माग समेत गरेको छ ।
अझै, आलोचनाकै कुरा गर्ने हो भने एमाओवादी निकटकै विद्यार्थी अर्का नेता रमेश मल्लले आफ्नो फेसबुक वालमा हामी जिउँदो छौँ भनेर थाहा भएन कि कसो किन गरियो बस्नेतको बढुवा भनेर प्रश्न गरेका छन् ।
संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले उनलाई कारबाही गर्न भनेको सन् २००६ मा हो । त्यस समयदेखि नै मानवअधिकारसम्बन्धी संस्था तथा शहिद तथा बेपत्ता परिवारहरुले उनका बारेमा पटक–पटक कारबाहीका लागि सरकारलाई झकझकाउँदै आएका छन् ।
विपिन भण्डारी
किशोर गोलढुंगा–१ २०५९।३।३
दिलबहादुर राई
९प्रवीण० का।म।पा।–६, सरस्वतीनगर २०५९।३।३
निश्चल नकर्मी का।म।पा।५, महादेवस्थान २०६०।८।१७
रेणुका दुलाल तीनथाना ५ २०६०।८।१४
आइते लामा नाङ्लेभारे–९ २०६०।८।१०
अर्जुन महर्जन कीर्तिपुर–५ २०६०।७।१२
भीमराज महर्जन का।म।पा।३, गोंगबू २०६०।७।४
सुचेन्द्र श्रेष्ठ का।म।पा।९, सतुंगल २०६०।८।२१
दिपक पोखरेल का।म।पा।३ २०६०।४।६
हरिशरण महर्जन का।म।पा।३, सतुंगल २०६१।३।१८
देवराज दंगाल नाङ्लेभारे–८ २०६०।८।२९
अजय साही कीर्तिपुर–११
ध्रुव नेपाल नाङ्लेभारे
मीना श्रेष्ठ का।म।पा।६, नैकाप २०६१
पीपल श्रेष्ठ का।म।पा।२, सीतापाइला २०६०।७।१०
रमेश साही नयाँ बानेश्वर २०६०।५।१५
ठाकुर लामिछाने २०५८।१२।१९
बुद्धिप्रसाद पोखरेल मूलपानी–७ २०६०
तीर्थ वि।क। मूलपानी–७ २०६०
पदमनारायण नकर्मी बुङ्मती–३ २०६०।६।५
राजेन्द्र माली ठेचो–६ २०६०।६
नन्दगोपाल माली ठेचो–६ २०६१।४।१३
बाबुराजा माली ठेचो–६ २०६१।९।३
प्रल्हाद वाइवा छैमले
गोपाल नगरकोटी छम्पी कसुन्ती, मुक्तिनाथ कार्पेट २०५८।९।१९
मिलन नेपाली इमाडोल ८ ०५६÷२÷७
दुर्गा विसंखे २०६० गंगाराम श्रेष्ठ सल्लाघारी २०५८।१२।१२
वासुदेव चुवाल कटुन्जे–६ २०६१।९।३
कृष्ण प्याकुरेल लोकन्थली २०६०
बद्रीनारायण त्वायना भ।न।पा।४ २०५८।१२।१२
सत्यनारायण प्रजापती भक्तपुर–२, जेलाँ २०५९।१।१३
ल्लाघारी २०६१।३।९
संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन भनिसकेको अवस्थामा राजु बस्नेतलाई बढुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकेपनि यसलाई बाध्यताकै रुपमा लिन नहुने धेरैको मत छ । यो निर्णयले सेनामा बाबुरामको पकट बढ्न सके पनि बेपत्ता, घाइते तथा शहिद परिवार मात्रै नभएर आफ्नै कार्यकर्ताको मन भित्र भने कालो डकार लागेको बुझ्न सकिन्छ ।