उहिलेका बाबे बजैहरु भन्थे मह त्यसै त्यति मिठो भएको होइन । त्यहाँ मौरीहरुको अथाह परिश्रम मिहेनत छ । हुन पनि हो उनीहरु साना छन् तर दिनरात खटिरहेका हुन्छन् । त्यसैले त त्यति मिठो मह बनाउँछन् त नि ।

यस अर्थमा त मान्छेले मेहनति हुन मौरीबाट पाठ सिक्नै पर्छ । अझै बाजे बजैको त्यस्ता कुराहरु कतिपय देशका शासक र जनताहरुले प्रयोगमै गरेका छन् र मह जस्तै मिठो या त सुन्दर सालित धनाध्य देश पनि बनाएका छन् ।

तर हामी नेपाली शासक भने मह जोड्ने मौरीलाई खाईदिने पशु भन्दा पनि तल्लो तहका झै छौँ । यहाँ भएका प्राकृतिक सम्पदालाई समेत उचित सदुपयोग गर्न सकेका छैनौँ । विकासको कुरै गर्दैनौँ । आफू आफू झगडा गरेर दिन बिताउन तल्लिन मात्रै छौँ ।

हामीले पनि गरेमा त सबै नै सम्भव थियो नि तर के गर्ने गर्न लगाउनेहरु नै यस्ता भईदिए कि न त उनीहरुले नै गर्छन या त अरुलाई नै दिन्छन् ।

इच्छा र जागर भए जे पनि गर्न सकिन्छ भन्ने यहाँ एउटा गतिलो उदाहरण रहेको छ । ल हेर्नुस जापानिजहरु कति मिहेनती र जागरिला छन, हामीले पढेकै कुरा हो । हिरोसिमा र नागासाकीमा दोश्रो विश्व युद्धमा अमेरिकाले खसालेको बम र त्यसको असरको बारेमा । तर जापानिजहरुको मेहनत र परिश्रमले संसारलाई नै चकित बनाएर बम खसालेको ठाउँ पुरानै अवस्थामा ल्याईदिए र पुरानो भन्दा पनि झन् नयाँ बनाई दिए ।

विश्लेषकहरु भन्ने गर्थे उक्त बम खसालिएको ठाउँमा दुबो पनि उम्रदैन तर जापनिजहरुले यसलाई गलत
साबित गरिदिए । दुबो नउम्रने भनेको ठाउँलाई यस्तो बनाईदिए त्यहाँ कसैले पनि यहाँ बम खसालेको हो भन्ने कल्पना समेत गर्न नमिल्ने गरी विकास गरी दिए ।

स्मरण रहोस् विश्व युद्धमा नागासाकीमा ६० देखि ८० हजार र हिरोसिमामा डेढ लाखको संख्यामा त्यहाँका जनता मारिएका थिए ।

The 2011 earthquake off the Pacific coast of Tohoku, also known as the 2011 Tōhoku earthquake or the Great East Japan Earthquake .

 अर्को उदाहरण पनि जापानकै छ– करिब ६ महिना अघि जापानमा आएको सुनामी र भूकम्पले जापानको उत्तरी भाग क्षतविक्षत नै बनाईदियो । २०,००० भन्दा बढी मान्छेहरु हराए । (सम्भवतः उनीहरु जिवित छैनन पनि) । ८ लाख भन्दा बढी घरहरुमा क्षति पुग्यो । ती घरहरु पूरै या त आंशिक रुपमा नष्ट भए । करिव ४,००,००० भन्दा बढी व्यक्तिहरु विस्थापित भए ।

तर आज ६ महिना पछि त्यहाँ अर्कै शहरको निर्माण भइरहेको छ । टुक्रिएका घर मन र धनहरु जोडिरहेका छन् । विस्तारै विस्तारै शहरहरु निक्कै सफा बन्दैछन् । त्यो बेला फोहोरको डङ्गुर देखिने ठाउँ आज हरियाली–हरियाली बन्दैछ ।

अन्ततः फेरि पनि कृरो जोडौँ नेपालकै । हाम्रा नेताहरु त्यस्ता ठाउँहरुमा गएका छन् । त्यस्तैका भाषणहरु सुनेका र सुनाएका छन् । तर पनि उनीहरु हाम्रो देशलाई पनि त्यसरी विकास गरेर धनी बनाऊ भनेर कहिल्यै अघि सर्दैनन् ।

हामीले त अभागी नेता पो जन्मएका छौँ कि के हो । उनीहरुलाई कुर्सी भए काफी छ । गाली गर्न पाए भात पच्छ ।
बरु, अब त हामी आ–आफैँ गाउँ गाउँ, नगर-नगर, शहर–शहरहरुमा मिलेर आफ्नो ठाउँ बनाउन आफैँ पो लाग्ने कि ? हामी हामी मिलेर गरे त के पो हुन्न होला त ?

Prime
Minister Naoto Kan told a news conference in Tokyo late Sunday: “I
think that the earthquake, tsunami and the situation at our nuclear
reactors makes up the worst crisis in the 65 years since the war. If the
nation works together, we will overcome.”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।