कोभिड विरूद्ध खोप लगाएका तीस हजार बढी महिलाको पिरियड रोकियो

लन्डन, ३१ भदौ । बेलायतमा कोभिडबिरुद्ध खोप लगाएका महिलाको स्वास्थ्यमा समस्या देखिएको छ । हालै गरिएको एक सर्वेक्षणमा तीस हजार भन्दाबढी महिलाले खोप लगाएपछि आफ्नो पिरियड रोकिएको बताएका छन् ।

उनीहरुले महिनावारी अनियमितदेखि अस्वभाविक पीडा हुने गरेको गुनासो गरेका छन् । गुनासो गर्ने महिलाले फाइजर, अस्ट्राजेनेका र मोडेर्ना खोप लगाएका थिए । खोप लगाएका महिलाको उर्वरतासम्बन्धी समस्या भने नदेखिएको लन्डनस्थित इम्पेरियल कलेजकी डा। भिक्टोरिया मेलले बताइन् । ब्रिटीश मेडिकल जर्नलमा एउटा लेख लेख्दै यसबारे थप अनुसन्धान आवश्यक भएकोे उनले बताइन् ।

महिनावारीको समयमा खोपप्रति शरिरको प्रतिरोध क्षमतामा परिवर्तन आउँदा महिलामा यस्तो समस्या देखिएको डा. मेल बताउछिन् । औषधी तथा स्वास्थ्य उपचार उत्पादन नियामक निकाय एमएचआरएले कोभिड खोप र महिनावारीबीचको सम्बन्धबारे थप अध्ययन आवश्यक भएको जनाएको छ । – न्यूजकारखाना/एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।