देउवाकाे समर्थनमा प्रचण्ड प्रधानमन्त्री

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएकाे छ ।
सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार भएकाे छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकरात्मक देखिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।
त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ ।
प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अब बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् । गठबन्धनमा आलाेपालाे सरकार सञ्चालनमा विवाद नरहे पनि कसले पहिले चलाउने भन्नेमा विवाद छ । देउवा सकरात्मक देखिनुले प्रचण्ड देउवाकै समर्थनमा प्रधानमन्त्री बन्ने सम्भावना बढी छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।