काठमाडौं ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा अदालतले पीडित नाबालिगकी आमाको जन्ममिति प्रमाणीकरण गराउन आदेश दिएको छ ।
अन्तिम सुनुवाइ भन्दै आज फैसला आउने अनुमान गरिएको थियो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खविडाको इजलासले पीडित नाबालिगकी आमाको जन्ममिति प्रमाणीकरण गराउन आदेश दिएको हो ।
उनको जन्ममिति दुईवटा फेला परेको भन्दै अदालतले प्रमाणीकरण गराउन आदेश दिएको हो । लामिछाने विरुद्ध एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
Comments







