काठमाडौँ — संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।