काठमाडौँ । तीन जना सहसचिव, सचिवमा बढुवाका लागि सिफारिस भएका छन् । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन् । भट्टराई वैदेशिक रोजगार विभागमा महानिर्देशकको रूपमा कार्यरत छन् भने घिमिरे भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ ।
Comments








