गगन थापा कांग्रेस सभापति

काठमाडाैं । नेपाली कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार माग गरेपछि बोलाएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

नेपाली कांग्रेसको गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा विशेष महाधिवेशन बाेलाइएकाे थियाे ।

चार दिनसम्म चलेको महाधिवेशनले थापालाई चयन गर्याे भने पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।