गोल गर्न नसकेका रोनाल्डोको नाममा इतिहास, कंगोका लागि सुनौलाे ऐतिहासिक रात

काठमाडाैं । गएराति भएको विश्वकप फुटबलको रोमाञ्चक भिडन्तमा फुटबल महाशक्ति पोर्चुगल र तुलनात्मक रूपमा कमजोर मानिएको कंगोबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। बलियो पोर्चुगललाई कंगोले खेलभरि नै कडा चुनौती दिँदै स्तब्ध पारिदियो।

खेलमा पोर्चुगलका स्टार कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न त सकेनन्, तर मैदान छिर्नासाथ उनले फुटबल इतिहासमा एउटा सुनौलो पाना भने थपेका छन्।

४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपको इतिहासमै सुरुवाती ११ ९क्तबचतष्लन ह्क्ष्० मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन्। समग्र इतिहासलाई हेर्दा उनी विश्वकप खेल्ने दोस्रो पाका आउटफिल्ड खेलाडी हुन्।

यो उनको २३औँ विश्वकप खेल हो। यससँगै उनले इटालीका लिजेन्ड डिफेन्डर पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी समेत गरेका छन्।

कंगोका लागि पनि यो रात ऐतिहासिक बन्यो। उसले विश्वकपको इतिहासमै आफ्नो पहिलो गोल र पहिलो अंक जोड्दै ऐतिहासिक सफलता हात पारेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।