‘पब्लिक’ को पैसामा नेपाल लाइफ इन्स्योरेन्सको स्वार्थपूर्ण लगानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) ले पब्लिकको पैसामा मनलाग्दी र स्वार्थपूर्ण रुपमा लगानी गरेको पाइएको छ ।

पछिल्ला दिनमा दाबी भुक्तानीमा बिलम्ब र सुचकहरु ओरालो लाग्दै गरेको एनएलआईसीले एक कम्पनीमा तीन गुणा बढी लगानी गरेको पाइएको छ । आईपिओ जारी गर्न पनि मापदण्ड पूरा नगरेको कम्पनीमा प्रति सेयर ४ सयका दरले नेपाल लाइफले किन लगानी गर्यो भनेर प्रश्न उठ्ने गरेको छ ।

उक्त कम्पनीमा नेपाल लाइफले लगानी गरेपछि नेपाल लाइफलाई ४ सयका दरले ४ गुना अर्थात ३ सय प्रतिशत बढी महँगोमा सेयर बेचेर लगानी कर्ता तथा बोर्ड सदस्यहरु बाहिरिएका छन् । महँगोमा सेयर किनेबापत कमशिन स्वरुप टेबलमुनिबाट रकम लेनदेन गर्ने गरी एनएलआईसीको उच्च तहले लगानी गरेको भनेर चर्चा हुने गरेको छ ।

एनएलआईसीले कार्यालय बोर्ड र निश्चित कार्यालय समेत नभएको कम्पनीमा समेत लगानी गरेको पनि पाइएको छ । बोर्ड र निश्चित कार्यालय समेत नभएको कम्पनीमा लगानी गर्दा पारदर्शिता र जवाफदेहिताको प्रश्न उठेको छ ।

एनएलआईसीका सुचना अधिकारी विनोद भुजेलले कम्पनीले अध्ययन गरेर लगानी गरेको दाबी गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।