“सफलताले समय माग्छ, तर जब त्यो आउँछ, इतिहास बदलिदिन्छ।”
फुटबलको संसारमा हामीले धेरै चम्किला ताराहरू देखेका छौँ, तर केप भर्डेका भेट्रान गोलकिपर भोजिन्हाको कथा कुनै कथा मात्र होइन—यो दृढ इच्छाशक्ति, अथक संघर्ष र असीमित धैर्यताको एउटा जीवित दस्तावेज हो। हो, आज हामी त्यहीँ धैर्यताको महागाथाको चर्चा गर्दैछौं ।
लगातार ४० वर्षसम्म मैदानको त्यो तीन वटा बारको बीचमा उभिएर देशको झण्डा छातीमा सजाएर विश्वलाइ देखाउने सपना देख्नु र ४० औँ वर्षमा पुग्दा मात्र त्यो सपना साकार हुनु—यो कुनै सामान्य यात्रा होइन।
यो त एउटा महायात्रा हो! ४० वर्षको मौन संघर्ष जब कसैले एउटै लक्ष्यका लागि आफ्नो जीवनका झन्डै चार दशक सुम्पिदिन्छ, तब बुझ्नुपर्छ कि त्यहाँ फुटबल मात्र छैन, त्यहाँ एउटा अदम्य भोक छ।
धेरै खेलाडीहरू केही वर्षको असफलतापछि बुट बझाउने निर्णय गर्छन्, तर भोजिन्हाले कहिल्यै हार मानेनन्। तपाई हामी पनि एउटै प्रयास असफलता हुने वित्तिकै अतालिन्छौं । निराश बन्छौं । तर, भोजिन्हाले ४० वर्ष अटुट रुपमा संघर्ष गरे, गरिनै रहे ।
कति पटक घाइते भए, कति पटक टोली पराजित भयो, तर उनको आत्मविश्वास कहिल्यै डलेन । हरेक बिहान उही जोसका साथ मैदान उत्रिनु र आफ्नो खेललाई निखार्नु उनको दैनिकी बन्यो।
उनी फुटबलको पछि दगुरिरहँदा उनको परिवार भने आर्थिक रुपमा चपेटामा परिरहेको थियो । उनले अझ ठूलो संघर्ष त त्यसमा गर्नुपर्यो । ४० वर्षसम्मको उनको धैर्यता कुनै पहाडभन्दा कम थिएन। तर, अहिले उनले प्रमाणित गरिदिए कि “कुर्न सक्ने क्षमता नै संसारको सबैभन्दा ठूलो शक्ति हो।”
विश्वकपको मञ्च! भनिन्छ नि, भगवानको घरमा ढिलो हुन्छ, अँध्यारो हुँदैन। उनको जीवनको ४० औँ वर्षमा त्यो सुखद क्षण आयो, जसको प्रतीक्षा उनले र उनको सिङ्गो देशले वर्षौँदेखि गरिरहेको थियो। उनलाई अहिले विश्वले चिनेको छ । उनका रातारात लाखौं फलोअर बनेका छन् । अब उनले अहिलेसम्म भोग्नु परेको आर्थिक समस्या पनि हल गर्ने ठाउँमा पुगेका छन् ।
सानो टापु राष्ट्र केप भर्डे पहिलो पटक फिफा विश्वकपमा छनोट भयो! यो केवल एउटा टोलीको छनोट थिएन, यो त ती पाका गोलकिपरको ४० वर्षको तपस्याको फल थियो। “पहिलो खेलमै विश्वविजेता स्पेनसँगको भिडन्त!” विश्वकपको डेब्यु खेलमै विश्व फुटबलको महारथी स्पेनको सामना गर्दा संसारको नजर केप भर्डेका यी किपरमा थियो। मैदानमा उनको प्रदर्शन, उनको बचाउ र उनको आत्मविश्वासले गर्दा आज उनको नाम विश्वभरिका खेलप्रेमीहरूको मुखमा झुण्डिएको छ। पराजय वा जितभन्दा माथि उठेर उनले जुन वीरता देखाए, त्यसले उनलाई विश्वव्यापी चर्चाको शिखरमा पुर्यायो।
त्यसैले त भनिन्छ, संघर्ष कहिल्यै खेर जाँदैन: तपाईँले आज गरेको मिहिनेतले भोलि इतिहासको पानामा नाम लेख्नेछ। “मैदान नछोड्नुस्, समय तपाईँको पनि आउनेछ!”








