काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार विभाग अन्तर्गत विभिन्न मालपोत कार्यालयमा कार्यरत तत्कालीन नायब सुब्बा आचार्यविरुद्ध अनुसन्धानका क्रममा यस्ताे फेला पारेकाे हाे ।
अख्तियारले विशेष अदालतमा आरोपपत्र समेत दायर गरेको छ।
अनुसन्धानका क्रममा आचार्यले वैधानिक रूपमा कुल १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा आम्दानी गरेको देखिए पनि सोही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको पाइएको छ। कुल आयबाट कुल व्यय घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले मुख्य कसुरदार यदुनाथ आचार्यसँगै उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू र अन्य केही व्यक्तिहरूलाई समेत प्रतिवादी बनाएको छ। उनीहरूबाट ९ करोड ७२ लाख ७१ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा बिगो जफत गरी कैद तथा जरिवानाको माग दाबी गरिएको छ। यसका साथै, आपराधिक कार्यबाट आर्जित सम्पत्तिबाट ९ करोड १९ लाख ८४ हजार ५ सय ७६ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति शुद्धीकरणसमेत गरेको कसुरमा छुट्टै सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।




