काठमाडौं । नेपाल टेलिकमको मोबाइल डेटामा समस्या आएपछि देशभरका सेवाग्राही प्रभावित भएका छन्।
आइतबार दिउँसोदेखि फोरजी इन्टरनेटमा समस्या देखिएको हो भने फोन सम्पर्कमा समेत समस्या देखिएको छ । सामाजिक सञ्जालमा उपभोक्ताले गुनासो र आक्रोश पोखिरहेको पाइएको छ । फोरजी खोल्दा राम्ररी नेट कनेक्शन नहुने र नचल्ने गरेको हेलोखबरले पुष्टि गरेको छ ।




