काठमाडौं । भारतमा दूधजन्य पदार्थमा ब्यापक रुपमा मिसावट र गुणस्तरहिन पाइएको छ ।
भारतको गुजरातस्थित अहमदाबादमा बिक्री हुने खुला दूधजन्य पदार्थको गुणस्तर र शुद्धतामाथि प्रश्न उठेको हो। उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था उपभोक्ता शिक्षा तथा अनुसन्धान केन्द्र ९सीईआरसी० ले अहमदाबादका १९ स्थानमा रहेका २२ डेरीबाट सङ्कलन गरिएका ४० नमुना परीक्षण गर्दा अधिकांश नमुना गुणस्तर तथा शुद्धताको मापदण्डमा असफल भएको जनाएको छ।
सीईआरसीका अनुसार परीक्षण गरिएका नमुनामा घिउ, खोया, पनिर र बटर समावेश थिए। संस्थाले यी पदार्थमा मिसावट वा दूषितपनको जोखिम देखिएको भन्दै गुजरात सरकारका सम्बन्धित निकायलाई बजार अनुगमन र निगरानी प्रभावकारी बनाउन आग्रह गरेको थियो।
सीईआरसीको उक्त परीक्षणमा घिउ, खोया, पनिर र बटर लगायतको परीक्षण भएको थियो ।




