काठमाडाैं । बिहीबार रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।