काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल व्यापार र रिमोट वर्कलाई प्राथमिकता दिने घोषणा गरेका छन् ।

विद्यमान श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञानमा आधारित सेवा, डिजिटल व्यापार, रिमोट वर्क र उच्च मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने उनले उल्लेख गरे ।

यसका लागि सरकारले अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाउने नीति लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।