काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) राख्ने भएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
दलमा आवद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको घोषणा छ ।
निजामती सेवामा रहेको ट्रेड युनियन सरकारले अध्यादेशबाट खारेज गरिसकेको छ । यसलाई कानुन बनाएरै व्यवस्थित गर्ने पनि सरकारको घोषणा छ ।
Comments







