काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा पठाए हुन् ।
सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा पठाएको उनीहरूकाे भनाइ छ ।
Comments







