काठमाडौँ, ४ जेठ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेतले चार हजार ६९८ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शशी शर्माले चार हजार २६८ मत पाए । उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती तामाङ चार हजार ७४९ मत प्राप्त गरी निर्वाचित भएको नगर निर्वाचन अधिकृत प्रतिमा पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्दी एमालेकी मीरा महर्जनले चार हजार ३३० मत ल्याए ।

नौवटा वडा रहेको नगरपालिकाको १ नं मा एमाले, २ मा काँग्रेस, ३ मा वडाध्यक्ष एमाले अरू सदस्य काँग्रेस, ४ मा काँग्रेस, ५ मा वडाध्यक्ष काँग्रेस अरू सदस्य एमाले, ६ र ७ मा सबै एमाले, ८ मा एक सदस्य बराबर हुँदा गोलाबाट काँग्रेस र अरू सबै एमाले, ९ मा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।