काठमाडौँ, ३० चैत । स्थानीय तहको निर्वाचनमा काठमाडाैं जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् ।

काठमाडौँ महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकरी चन्द्र गौतमले जानकारी गराए ।

उहाँका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा एक/एकजना मेयर, उपमेयर वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुने छन् ।

मेयर र उपमेयरमध्ये एक जना महिला तथा चार सदस्यमा एक/एक जना महिला र दलित महिला निर्वाचित हुने छन् ।

उनका अनुसार सबभन्दा बढी काठमाडौँ महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडाैं महानगरमा ३२ वडा रहेका छन् ।

यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२/५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७/४७ जना प्रतिनिधि चयन हुनेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।