काठमााडौं ३१ भदौं ।  संविधानसभाबाट संविधान घोषणा भएको खुशीयालीमा नेकपा एमालेले चियापान कार्यक्रम गर्ने भएको छ ।

आइतबार संविधान घोषणा भएपछि संविधानको खुसियालीमा त्यसको पर्सिपल्ट मंगलबार एमालेले चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले संविधान जारी भएको खुशीयालीमा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

दशरथ रंगशालामा हुने चियापान कार्यक्रममा सर्वसाधारण नागरिकदेखि पार्टी कार्यकर्ता, बिभिन्न दलका नेता कार्यकर्ता र विदेशी कुटनीतिज्ञ समेत सहभागी हुने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।